Section 32
पर्वतारोही दलको नेताको दायित्व र जिम्मेवारी
(१) यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम तथा पर्वतारोहणको अनुमतिमा तोकिएको कुराहरू पालना गराउने मुख्य जिम्मेवारी पर्वतारोही दलको नेताको हुनेछ ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक पर्वतारोही दलको नेताको अन्य काम कर्तव्य तोकिएबमोजिम हुनेछ ।